LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नीजि तथा आवासीय विद्यालय अर्गनाईनेजन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा शनिवार कक्षाकोठामा प्रभावकारी पाठ्यक्रम लागू गर्ने सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञान विषयका शिक्षकहरुलाई लक्षित गरि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले विज्ञान विषयलाई हामीले पहिले नै पहाडका रुपमा विद्यार्थीमाझ बुझाउँदा विद्यार्थीलाई साँच्चै गाह्रो हुन्छ भन्ने मानसिकता बन्दै गएको बताउनु भयो ।

उहाँले विद्यार्थीलाई बिज्ञान बिषय मेहनत ग¥यो भने अवश्व सफल हुन सकिन्छ भन्ने आत्मविश्वास सिर्जना गराउनुपर्नेमा जोड दिनुभयो ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईनेजन नेपाल (प्याब्सन) रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले नयाँ नयाँ पाठ्यक्रमका बारेमा बुझ्न र यी बिषयमा विद्यार्थीको रिजल्ट किन राम्रो आउँदैन भन्ने बिषयमा समेत समीक्षा हुनेगरी यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले यो अभिमुखीकरण तालिमले शिक्षकहरुमा पुनर्ताजगी हुने र कक्षाकोठामा विद्यार्थीको सिकाईमा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।

सैनामैना प्याब्सनका अध्यक्ष टोपलाल भट्टराईले सैनामैना प्याब्सनले बिज्ञान बिषयको एक दिने तालिमको आतिथ्यता गरेको बताउँदै पछिल्लोसमय एसईईमा विज्ञानको बिषयको रिजल्ट खस्केकोले शिक्षकहरुलाई यस प्रकारका तालिमको आयोजना गरि सिकाई सहजीकरण गरिएको बताउनुभयो । उहाँले शिक्षकहरुलाई यो सहजीकरणले नयाँ पाठ्यक्रमका बिषयमा जानकारी हुने भएकोले पनि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।

शनिवार सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको अभिमुखीकरण तालिमको सहजीकरण डा. चिन्तामणि पन्थीले गर्नुभएको थियो । प्याब्सनले रुपन्देही जिल्लाका विभिन्न चार स्थानमा विभिन्न बिषयमा शिक्षकहरुलाई पाठ्यक्रम सम्वन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय