LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ । बुटवल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपरापधिक घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले सिसिटिभी क्यामरा जडान गरिएको हो ।

उपमहानगरपालिकाले बुटवल वडा नं। ४, ५, ७ र ८ का मुख्य स्थानमा १२५ वटा सिसिटिभी क्यामरा जडान गरेको हो । बुटवलको बसपार्क, मिलनचोक, हस्पिटल लाइन, नेपालगन्ज रोड, ट्राफिक चोक, पाल्पा बसपार्क र गोलपार्क क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आइटी शाखामा सिसिटिभी क्यामराको उद्घाटन गर्दै बुटवल उपमहानगर र वडाको संयुक्त बजेटमा क्यामरा जडान गरिएको बताउनुभयो ।

मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको र अरू वडामा पनि आवश्यकता अनुसार सिसिटिभी क्यामरा जडानको तयारी गरिएको उहाँले बताउनुभयो । सिसिटिभी क्यामराको इलाका प्रहरी कार्यालय बुटवलबाट नियमित अनुगमन हुने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले अपराध नियन्त्रण तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सिसिटिभी क्यामरा सहयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय