LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ । बुटवल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपरापधिक घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले सिसिटिभी क्यामरा जडान गरिएको हो ।

उपमहानगरपालिकाले बुटवल वडा नं। ४, ५, ७ र ८ का मुख्य स्थानमा १२५ वटा सिसिटिभी क्यामरा जडान गरेको हो । बुटवलको बसपार्क, मिलनचोक, हस्पिटल लाइन, नेपालगन्ज रोड, ट्राफिक चोक, पाल्पा बसपार्क र गोलपार्क क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आइटी शाखामा सिसिटिभी क्यामराको उद्घाटन गर्दै बुटवल उपमहानगर र वडाको संयुक्त बजेटमा क्यामरा जडान गरिएको बताउनुभयो ।

मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको र अरू वडामा पनि आवश्यकता अनुसार सिसिटिभी क्यामरा जडानको तयारी गरिएको उहाँले बताउनुभयो । सिसिटिभी क्यामराको इलाका प्रहरी कार्यालय बुटवलबाट नियमित अनुगमन हुने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले अपराध नियन्त्रण तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सिसिटिभी क्यामरा सहयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय