LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मंसिर २४,
काठमाण्डौ – बाराको बरियारपुरमा चलिरहेको प्रसिद्ध गढीमाई मेलामा आज पनि दर्शनार्थीको उस्तै घुइँचो छ । गढीमाईमा हिजोदेखि शुरू भएको विशेष पूजा भोलिसम्म चल्नेछ । हिजोदेखि दर्शनार्थीको घुइँचो थप बढेको र भोलिसम्म नै घुइँचो हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला लागेको ठाउँ बरियारपुरदेखि १५, २० किलोमिटर टाढादेखि नै गाडीको चाप बढेको छ । दर्शनार्थीको घुइँचो र व्यापारले मेलाको रौनक बढाएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।

मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो ।

मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गर्ने काम भइरहेको खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । मेला आउँदो ३० गते आइतवारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय