LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी,

। रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधि मैत्री बन्दै गएको छ । नागरिकको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधिको प्रयोगलाई बढाएको छ ।

नगरपालिकाले क्यूआर कोडमार्फत राजस्व भुक्तानी सुरु गरेको छ । त्यस्तै फोहोर मैलाको सङ्कलन गर्ने ट्याक्टरहरुमा जिबीएस जडान गरी कहाँ छन् भन्ने पत्ता लगाउन सकिने व्यवस्था मिलाएको छ ।

यसबाट फोहोर मैला सङ्कलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन् भन्ने पत्ता लगाउन सकिनेछ । र सही अनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकिनेछ । यसको लागि आफ्नो मोबाइलमा लुना जिपीएस डाउनलोड गरी सहजै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै राजस्व सङ्कलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप क्यूआर कोडमार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको हो ।

नगरपालिका कार्यालयको अन्तर्गत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । नगरपालिकालाई प्रविधि मैत्री बनाउने आफ्नो प्रतिबद्धता अनुसार नवीनतम प्रविधिलाई अधिकतमा प्रयोगमा ल्याउने कोसिस भइरहेको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँले यसै वर्षदेखि राजस्व सङ्कलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनीकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताउनुभयो ।

नगरपालिको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार सङ्केत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय