LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नम्बर–४ मा रहेको आदर्श युवा क्लबले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधी सुनगाभा पब्लिक स्कुल मुर्गियाले हात पारेको छ ।

१६ विद्यालयलाई पछि पर्दै सुनगाभाले एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि जितेको छ । उपाधिसँगै सुनगाभाले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा लिटिल बर्डस इंग्लिस स्कुल दोश्रो, ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल तेश्रो र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका छन् ।

दोश्रो र तेश्रो हुने विद्यालयले क्रमशः नगद रु.१० हजार, ५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ भने सान्तवना हुने विद्यालयले आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाएको छ । त्यसअघि प्रतियोगिताको उदघाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले आदर्श युवा क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत बर्षेनी विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै जसरी यसको नाम आदर्श युवा क्लव छ त्यसरी नै यसले समाजमा आफ्नो आदर्श पहिचान कायम गर्न सफल भएको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस खालको प्रतियोगिताले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं.–४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले सिर्जनशील विधार्थीका प्रतिभालाई उजागर गर्न यस खालको कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतले युवाहरु समाजलाई सही बाटोमा डो¥याउने शक्ति रहेकाले आदर्श युवा क्लबले सामाजिक रुपान्तरणका लागि सधै काम गर्दै आएको बताउनुभयो ।

सैनामैना नगरपालिकाभित्रका सामुदायिक तथा निजि विद्यालय गरि १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो । जसमा १६ वटा विद्यालयलाई फाइनल छनोटका लागि परीक्षा दिएर टप ५ विद्यालय सुनगाभा, ग्यालेक्सी लिटिल वर्डस्, सैनामैना नमुना मा.वि र नवप्रभात इंग्लिस स्कूलले मात्र प्रतिस्पार्धामा भाग लिन पाएका थिए ।

कार्यक्रममा सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव मित्रबहादुर एसी, स्थानीय विद्यालयहरूका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षा प्रेमी, क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष प्रेम न्यौपानले गर्नुभएको थियो भने क्विज कार्यक्रम संचालनका लागि क्लबका पिआरओ दिनेश न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय