LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बाँके  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातिय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ ।

 

बर्दियाको बासगढि नगरपालिका ५ लक्ष्मणपुरस्थित थारु संस्कृतिक केन्द्रको नवनिर्मित भवनको मङ्गलबार समुदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले थारु समुदाय संस्कृतिको धनी रहेको बताउदै प्रदेश सरकारले आवश्यक सहयोग गर्नुभयो ।

 

सीमान्तकृत समुदायलाई सरकारी सेवामा आरक्षणसहितको ब्यवस्था कानुनमा गरिएको जानकारी दिनुभयो । सीमान्तकृत र पिछडिएको क्षेत्र सरकारको प्राथमिकतामा रहेको भन्दै सुकुम्बासी र भुमिहिन समस्या समाधान गरिने बताउनुभयो ।

प्राचीन थारु सृजनशिल आदिबासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले गुर्बाबा एफएममार्फत आदिवासी थारु,जनजाती सहित सबै समुदायको हक अधिकारको पक्षमा काम गरिरहेको बताउनुभयो ।

 

जग्गा दाता टीकाराम पौडेलले डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख,समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरि एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय