LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्राेहाको आयोजना तथा सैनामैना नगरपालिका वडा नंं ४ को आर्थिक सहयोगमा सैनामैना नगर अस्पताल परिसरमा मंगलवार भएको रक्तदानमा एकसय युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले रेडक्रसले सैनामैना नगरपालिकामा रक्तदान लगायतका सामाजिक काममा ठूलो भूमिका खेलेको बताउँदै तीन महिनामा खेर जाने रगत दान गर्नु जीवनदान गर्नु सरह भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले रेडक्रसले रक्तदानमा खेलेको भुमिका अतुलनिय रहेको बताउँदै वडा नं ४ ले भौतिक विकास मात्रै नभई मानविय विकासमा ध्यान दिने उद्देश्यले आयोजित बृहद रक्तदान कार्यक्रमलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष वडाले रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । रक्तदानमा ईनरह्विल संस्था सैनामैना र रक्तदातालाई सुचना पु¥याउन तथा सरसफाईमा समेत सहयोग गर्ने राष्ट्रिय युवा क्लब सैनामैना ४ ले बिशेष भूमिका खेलेको थियो ।

रक्तदान कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्राेहाकी सभापति मिना भण्डारीले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, नेपाल रेडक्रस सोसाईटि लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनी, नेपाल रेडक्रस सोसाईटि पर्रोहाका पूर्व सभापतिहरु गोविन्दप्रसाद लम्साल, लोकनाथ अधिकारी, निवर्तमान सभापति दिनेश पौडेल, वडा नं ४ का जनप्रतिनिधि तथा वडा सदस्यहरु, टोल विकास सँस्थाका अध्यक्ष, लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन उपशाखाका सदस्य गोविन्दप्रसाद लम्सालले र स्वागत उपशाखाकी उपसभापति दिव्या पंगेनीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपशाखाका कोषाध्यक्ष विक्रम पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय