LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् ।

सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको जनाएको छ । विद्यालयका अनुसार कक्षाभित्र चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको हो ।

हिमपातका कारण चिसो बढेकाले चौरमा राखेर पढाउनुको विकल्प नभएको शिक्षक यज्ञबहादुर शाहीले बताउनुभयो । विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिरहेको छ ।

हुम्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

यसैबीच हिमपातले चीनसँगको सिमाना जोडिएको हिल्सा नाका बन्द भएको छ । गएको सोमवार बिहानैदेखि भएको हिमपातको कारण चार हजार छ सय ७० मिटर उचाइमा रहेको नारा नाकामा बाक्लो हिमपात भएपछि हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।

बीस किलोमिटर सडकमा बाक्लो हिउ जमेको कारण सडक बन्द भएको प्रहरी निरीक्षक सरोज कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय