LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाल रेडक्रसको सुपर परियोजना लागू भएको डेढ बर्ष पूरा भएको छ ।
त्यस अवधीमा परियोजनाले गरेका काम तथा प्रगतिको बिषयमा छलफल भएको छ । परियोजनाले सैनामैनाको बिपद व्यवस्थापनमा सहयोग पुगेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले बताएका छन ।

विकास निर्माण भनेको बाटो र भवन बनाउने भन्ने मात्रै सोचबाट टाढा रहेर मानिसहरुको ब्यक्तित्व विकास र चेतनास्तरमा सुधार गर्नका लागि पनि यो परियोजनाले महत्वपूर्ण सघाउ पु¥याएको कार्यक्रममा औंल्याइएको छ ।

परियोजनाले आगामी दिनमा बिपद पूर्वको सूचना दिने प्रविधि लागू गर्ने, बिपद जोखिम न्यूनिकरण गर्ने र बिपदबाट कसरी बच्ने भन्ने बिषयमा जनचेतना फैलाउने गरि काम गर्ने समेत बताइएको छ ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीकी कार्यवाहक अध्यक्ष रुपमा हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत परियोजनाकी केन्द्रीय अधिकृत पल्लवी सिंहले गर्नुभएको थियो भने संचालन सैनामैना नगरपालिकाका बिपद फोकल पर्सन इञ्जिनियर सुरज न्यौपानेले गर्नुभएको थियो ।

सो अवसरमा स्वीस रेडक्रसका प्रतिनिधि घनश्याम सापकोटा, रेडक्रस लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, जनप्रतिनिधि र विद्यालयका शिक्षक, संचारकर्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला परियोजना अधिकृत दिवाकर भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय