LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाल रेडक्रसको सुपर परियोजना लागू भएको डेढ बर्ष पूरा भएको छ ।
त्यस अवधीमा परियोजनाले गरेका काम तथा प्रगतिको बिषयमा छलफल भएको छ । परियोजनाले सैनामैनाको बिपद व्यवस्थापनमा सहयोग पुगेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले बताएका छन ।

विकास निर्माण भनेको बाटो र भवन बनाउने भन्ने मात्रै सोचबाट टाढा रहेर मानिसहरुको ब्यक्तित्व विकास र चेतनास्तरमा सुधार गर्नका लागि पनि यो परियोजनाले महत्वपूर्ण सघाउ पु¥याएको कार्यक्रममा औंल्याइएको छ ।

परियोजनाले आगामी दिनमा बिपद पूर्वको सूचना दिने प्रविधि लागू गर्ने, बिपद जोखिम न्यूनिकरण गर्ने र बिपदबाट कसरी बच्ने भन्ने बिषयमा जनचेतना फैलाउने गरि काम गर्ने समेत बताइएको छ ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीकी कार्यवाहक अध्यक्ष रुपमा हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत परियोजनाकी केन्द्रीय अधिकृत पल्लवी सिंहले गर्नुभएको थियो भने संचालन सैनामैना नगरपालिकाका बिपद फोकल पर्सन इञ्जिनियर सुरज न्यौपानेले गर्नुभएको थियो ।

सो अवसरमा स्वीस रेडक्रसका प्रतिनिधि घनश्याम सापकोटा, रेडक्रस लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, जनप्रतिनिधि र विद्यालयका शिक्षक, संचारकर्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला परियोजना अधिकृत दिवाकर भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय