सैनामैना नगरपालिका १० स्थित पशुपती माध्यमिक बिद्यालयको ६३ औ बार्षिक उत्सब तथा अभिभावक दिवस विहिवार सम्पन्न भएको छ ।
बार्षिक साधारण सभा तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनामा प्राविधिक धारको बिषय पढाई हुने सैनामैनाको एउटामात्रै विद्यालय पशुपति माध्यमिक विद्यालय रहेको बताउँदै अवको दिनमा प्राविधिक शिक्षा नितान्त जरुरी रहेको बताउनुभयो ।



उहाँले विद्यार्थी भाई बहिनीहरुलाई ज्ञानगुनका साथै सीपपनि दिन जरुरी रहेको बताउँदै सीप भएको विद्यार्थी जहाँ गएपनि उसले रोजगारी पाउने भएकोले अव प्राविधिक धारको बिषय पढाउनेतर्प जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष हरिप्रसाद पोखरेलले सैनामैनाकै शैक्षिक सुधारको बिषयमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शैक्षिक सुधार गर्नेक्रममा सवैभन्दा पहिले अनुशासन र संस्कारको आवश्यकता पर्ने बताउनुभयो ।
उहाँले सवैभन्दा पहिले शिक्षकबाटै अनुशासन सिकाउनु पर्ने बताउँदै शिक्षकहरु अनुशासित भए धेरै कुरामा शिक्षाको सुधार गर्न सकिने उल्लेख गर्नुभयो ।
सो अवसरमा सैनामैना नगरापालिकाकी उपप्रमुख बिना राना, सैनामैना १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, सैनामैना ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल लगायत विभिन्न राजनैतिक दल तथा अभिभावक लगायतले बोल्नुभएको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक हरिप्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तत गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक दामोदर अधिकारीले गर्नुभएको थियो ।




