LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नवलपुर,

। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संंस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागि हुन आउनु भएको गृहमन्त्रीसँग नेपाल प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

‘‘हरेक कुरा कानुनबमोजिम, अदालतको सहमतिले, अदालतले भनेअनुसार अनुसन्धान भइरहेको छ,’’ मन्त्री लेखकले भन्नुभयो, ‘‘कसैको मानव अधिकार हनन् भएको छैन, अदालतबाट म्याद लिएको छ, जतिदिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ, त्यति नै गरिएको छ ।’’

उहाँले सरकार मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै हरेक मानिसको मानव अधिकारको रक्षा हुने बताउनुभयो । तर सडकमा भिड जम्मा गरेर प्रहरीको अनुसन्धानलाई प्रभावित गर्ने, न्यायीक प्रकृयालाई अवरुद्ध गर्ने, अदालत र प्रहरी कार्यालय घेर्न कोसिस गर्नेमाथि भने सरकार कठोर रहेको उहाँको भनाइ थियो ।

लोकतन्त्रमा भिडले न्याय दिने नभई कानुनी प्रकृया र पद्धतीबाट दिनु पर्ने मन्त्री लेखकले बताउनुभयो । उहाँले अदालती र प्रहरीको कामलाई प्रभावित पार्नेविरुद्ध सरकार निर्मम हुने बताउनुभयो ।

मन्त्री लेखकले लाखौं मानिसको करोडौं रुपियाँ सहकारीबाट हिनामिना भएको, नेपाली नागरिकको पैसा लुटिएको र त्यसैमाथि अनुसन्धान भइरहेको बताउनुभयो । सानासाना व्यवशाय गरेर जम्मा गरेको पैसा ठगि र दुरुपयोग गर्नेमाथि अनुसन्धान गर्दा त्यसलाई नाजायज भन्न नमिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय