LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जनताले दुःख मेहनत गरेर थोरै थोरै बचत गरेको रकमले सहकारीलाई यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले सहकारीले ऋण र ब्याजको कुरामात्रै नगरी कृषिमार्फत किसानको जीवनमा परिवर्तन गर्न सहयोग पु¥याएको उल्लेख गर्दै किसानले पालेका गाई भैसीलाई बिमामा जोडेर किसानको लगानीलाई सुरक्षित बनाउन महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा शाखाका अध्यक्ष परशुराम सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा प्रदेश कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल पौडेल, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, प्रदेश कृषि सहकारी संघका सचिव चुडामणि भुसाल, साना किसान कृषि सहकारी संस्था लिमिटेड गजेडीका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै साना किसान कृषि सहकारीले बचतकर्तालाई समूहमा आबद्ध गरि आयआर्जनमार्फत उनीहरुको जीवनमा परिवर्तन गर्न सफल भएको बताउनुभएको थियो ।

कार्यक्रमको संचालन साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा शाखाका प्रबन्धक दिनेश घिमिरेले गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्र पोखरेलले समेत संस्थाले लिएका किसानमैत्री नीतिको बिषयमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय