LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जनताले दुःख मेहनत गरेर थोरै थोरै बचत गरेको रकमले सहकारीलाई यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले सहकारीले ऋण र ब्याजको कुरामात्रै नगरी कृषिमार्फत किसानको जीवनमा परिवर्तन गर्न सहयोग पु¥याएको उल्लेख गर्दै किसानले पालेका गाई भैसीलाई बिमामा जोडेर किसानको लगानीलाई सुरक्षित बनाउन महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा शाखाका अध्यक्ष परशुराम सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा प्रदेश कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल पौडेल, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, प्रदेश कृषि सहकारी संघका सचिव चुडामणि भुसाल, साना किसान कृषि सहकारी संस्था लिमिटेड गजेडीका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै साना किसान कृषि सहकारीले बचतकर्तालाई समूहमा आबद्ध गरि आयआर्जनमार्फत उनीहरुको जीवनमा परिवर्तन गर्न सफल भएको बताउनुभएको थियो ।

कार्यक्रमको संचालन साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा शाखाका प्रबन्धक दिनेश घिमिरेले गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्र पोखरेलले समेत संस्थाले लिएका किसानमैत्री नीतिको बिषयमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय