LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ३ देखि १८ गतेसम्म हुने औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा पाँचसय बढी स्टल सहभागी हुनेछन । १६ दिनसम्म सञ्चालन गरिने मेलामा अहिले स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा स्टल दर्ताको काम चलिरहेको, फिल्ड र स्टेज व्यवस्थापनको कुराहरु भैरहेको जानकारी गराउनु भयो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा ५ सय स्टल रहने छ । मेलामा १० वटा विषयगत पेभिलियन निर्माण गरिदै छ । त्यस्तै कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ भने व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलोपटक व्यूटि एक्स्पोको तयारी गरिएको छ ।

मेला आयोजक उद्योग बाणिज्य संघका महासचिव तथा मेला तयारी मूल सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले मेलाको अन्तिम निर्माणको काम चलिरहँदा स्टल निर्माणको काम भैरहेको बताउनुभयो । उहाँले यसपटक मेलामा विभिन्न खालका कृषिका स्टल, हस्तकलाका स्टल र स्थानीय स्तरमा उत्पादन भएका बस्तुलाई प्राथमिकता दिएको बताउनुभयो ।

त्यसैगरी मेलामा महिला उद्यमीलाई प्राथमिकता दिने तथा अर्गानिक बस्तुको उत्पादनलाई प्राथमिकता दिइने भएको छ । मेलामा लोक संस्कृतिसंग सम्बन्धित विषयमा ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको छ ।

त्यसैगरी बुटवलमै पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ ।
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाको अर्को मुख्य आकर्षण हो ‘भ्वाईस अफ बुटवल’ ।

भ्वाईस अफ बुटवलमा प्रथम हुनेलाई पुरस्कार ५५ हजार रुपैंया, द्वितीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थानमा आउनेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय