LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बुटवलमा ’कला रत्न’ का रूपमा सम्मान गरिएको छ । विगत ४० दशक भन्दा बढी समयदेखि एउटा आदर्श जोडीका रूपमा रहेर कलाकारद्वय मदनकृष्ण तथा हरिवंशले हास्यव्यङ्ग कला मार्फत नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन तथा विकासमा अतुलनीय योगदान पु¥याएको भन्दै नेपलीज होटलियर्स एशोसिएशन लुम्बिनीले शनिबार बुटवलमा सम्मान गरेको हो ।

मह जात्रामा कलाकारद्वय मदनकृण श्रेष्ठ तथा हरिवंश आचार्यलाई दोसल्ला तथा प्रमाणपत्र सहित एशोसिएशनले सम्मान गरेको हो । कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नेपाली कला क्षेत्रमा मित्रताको एउटा आदर्श जोडीका रूपमा मानिनुहुन्छ ।

उहाँहरू ४५ वर्षदेखि निरन्तर कलाकार जोडीका रूपमा सहकार्य गरिरहनुभएको छ । एक दशकको अन्तरालपछि पुनः मह जात्रा लिएर आएको मह सञ्चारले बुटवल मण्डपस्थित सभा हलमा महजात्रा प्रहशन प्रस्तुत गरेको हो ।

धेरै लामो समय पश्चात् बुटवलमा भएको मह जोडीको प्रहशन हेर्न बुटवलबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
मह जोडीको प्रहशनमा दर्शकहरूले मनोरन्जन लिएका थिए । मह जोडीको प्यारोडी गायनबाट सुरु भएको कार्यक्रम मह जोडीलाई सम्मान गरेसँगै समापन भएको थियो ।

बुटवलको आन्तरिक पर्यटनलाई बढावा दिने तथा बुटवल हरेक कुरामा सक्षम छ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्रविण पाठकले बताउनुभयो । स्थानीय पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजकले महसञ्चारका सदस्यहरूलाई बुटवलका विभिन्न स्थानहरूको भ्रमण समेत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय