LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बुटवलमा ’कला रत्न’ का रूपमा सम्मान गरिएको छ । विगत ४० दशक भन्दा बढी समयदेखि एउटा आदर्श जोडीका रूपमा रहेर कलाकारद्वय मदनकृष्ण तथा हरिवंशले हास्यव्यङ्ग कला मार्फत नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन तथा विकासमा अतुलनीय योगदान पु¥याएको भन्दै नेपलीज होटलियर्स एशोसिएशन लुम्बिनीले शनिबार बुटवलमा सम्मान गरेको हो ।

मह जात्रामा कलाकारद्वय मदनकृण श्रेष्ठ तथा हरिवंश आचार्यलाई दोसल्ला तथा प्रमाणपत्र सहित एशोसिएशनले सम्मान गरेको हो । कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नेपाली कला क्षेत्रमा मित्रताको एउटा आदर्श जोडीका रूपमा मानिनुहुन्छ ।

उहाँहरू ४५ वर्षदेखि निरन्तर कलाकार जोडीका रूपमा सहकार्य गरिरहनुभएको छ । एक दशकको अन्तरालपछि पुनः मह जात्रा लिएर आएको मह सञ्चारले बुटवल मण्डपस्थित सभा हलमा महजात्रा प्रहशन प्रस्तुत गरेको हो ।

धेरै लामो समय पश्चात् बुटवलमा भएको मह जोडीको प्रहशन हेर्न बुटवलबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
मह जोडीको प्रहशनमा दर्शकहरूले मनोरन्जन लिएका थिए । मह जोडीको प्यारोडी गायनबाट सुरु भएको कार्यक्रम मह जोडीलाई सम्मान गरेसँगै समापन भएको थियो ।

बुटवलको आन्तरिक पर्यटनलाई बढावा दिने तथा बुटवल हरेक कुरामा सक्षम छ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्रविण पाठकले बताउनुभयो । स्थानीय पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजकले महसञ्चारका सदस्यहरूलाई बुटवलका विभिन्न स्थानहरूको भ्रमण समेत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय