LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका–९, जनज्योति टोलकी २७ वर्षीय मीना विकको एउटा सपना थियो, दुई छोरालाई पढाएर ठुलो मानिस बनाउने । त्यही सपना बोकेर उहाँ केही महिनाअघि कुवेत उड्नुभयो । कुवेत पुगेर कमाई गर्न थालेको महिना दिनमै उहाँमाथि ठुलो वज्रपात प¥यो । उहाँ बिरामी पर्नुभयो । चेकजाँच गर्दा उहाँको एउटा मिर्गौला कामै नलाग्ने भएको रहेछ । दोस्रो मिर्गौलामा पनि १७ एमएमको पत्थरी परेको रहेछ ।

काम गर्न नसक्ने भनेर साहुले मीनालाई घर फर्काइदियो । स्वदेश फर्केपछि श्रीमान्श्रीमतीले कमाएको पैसा चेकजाँच गर्दैमा सकियो । लुम्बिनी प्रादेशिक अस्पतालले समेत एउटा मिर्गौला कामै नलाग्ने भएको र अर्कोमा रहेको पत्थरी छिटो निकाल्न भन्दै थप उपचारका लागि काठमाडौँ पठाइदियो । मीनासँग अहिले बुटवलसम्म जाने पैसा छैन ।

उहाँले भन्नुभयो, “चिकित्सकले छिटो अपरेसन गर्न भनेका छन् । भएको सबै पैसा चेकजाँचमै सकियो, उपचार गर्ने पैसा पनि सकियो ।” केही सिप नलागेपछि मीनाले आर्थिक सहयोगका लागि सहयोगी हातलाई अपिल गर्नुभएको छ । मीनाको श्रीमान् जीवनसमेत मजदुरी गरी परिवारको पेट पाल्दै आउनुभएको छ । अपरेसन गर्ने पैसा नभएकाले मीनाले अहिले नदुख्ने औषधी खाएर जीवन बिताउन बाध्य भएको बताउनुभएको छ ।

मीनाका ११ र नौ वर्षका दुई छोरा छन् । त्यही बच्चाका लागि भए पनि आफू बाँच्न चाहेको उहाँले बताउनुभयो तर उहाँसँग अपरेसन गर्न आर्थिक स्रोत छैन । त्यही भएर सबैसँग आर्थिक सहयोगका लागि उहाँले अनुरोध गर्नुभएको छ । मिनाका अनुसार कुवेतमा कमाएको पैसा र श्रीमान्ले नेपालमै गरेको मेहनतको पैसा सबै सकियो । मीनाको गुनासो छ, “अब बुटवल जानेसम्म भाडा छैन ।” उहाँले आफूलाई आर्थिक सहयोग गरेर सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

सैनामैना नगरपालिका–९ को वडा कार्यालयले मीना विकलाई आर्थिक सहयोग गरिदिन अपिलसहितको पत्र दिएको छ । मीना र उहाँका श्रीमान् विजय अहिले त्यही सिफारिसमार्फत आर्थिक सहयोग पाइने र अपरेसन गर्न सकिने आशामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय