LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

महेन्द्र क्लब छत्रदेब गाउँपालिका अर्घाखाँचीले देउसी भैलो कार्यक्रम गरि संकलन गरेको रकम सामाजिक काममा खर्च गरेको छ । देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत रकम सामाजिक काममा खर्च गरेको हो ।

जस अनुसार छत्रदेव गाउँपालिकाको ३ वार्डका ५ वटै सामुदायिक बिधालयमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई सहयोग स्वरुप ट्रेक सुट र टोपी वितरण गरिएको हो ।

कार्यक्रममा क्लबको तर्फबाट नगद सात हजार सहयोग हस्तान्तरण गरिएको थियो । यसैगरी छत्रदेव गाउँपालिकाभित्र रहेको अर्बुण आधारभूत बिधालय, छ्त्रदेब २ को जनजागृति आधारभूत बिद्यालय, बालबिकास आधारभूत बिद्यालय, छत्रदेब १ को राम आधारभूत बिद्यालय र एउटा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा गरि ५ थान तातो चिसो पानी आउने उपकरण समेत प्रदान गरिएको छ ।

ती सामाग्री बिधालयका बिद्यार्थी, शिक्षक, अभिभावक तथा स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीलाई उपयोग होस भन्ने उद्देश्यले राखी बिधालय र स्वास्थ्य केन्द्रमा पुगि क्लबले हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय