LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

कालिका मानवज्ञान मावि बुटवलको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ । त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो ।

उहाँले सबै सामुदायीक विद्यालयमा यसैगरी अनुशासीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको बताउँदै स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यालयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको भए आगामी दिनमा सुधार गर्न जरुरी रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताउँदै खेलकुदको क्षेत्रमा विद्यालयले गरेको लगानी सह्रासनीय भएको बताउनुभयो ।

बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भलएको बताएका थिए । उनले कालिका मानवज्ञान मावि आफैमा महत्पूर्ण मन्दिर भएको बताए । उनले शिक्षा मात्रै नभएर खेलकुदलाई पनि अनिवार्य गरेर लैजान सकेमा हरेक क्षेत्रमा अब्बल हुन सक्ने बताए ।

कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हाल सम्मको अवस्थाको लागि सम्पूर्ण पुर्व शिक्षक, पुर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उनले सबैको साथ र सहयोग सदैध सकारात्मक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समय देखि शैक्षिक वातावारण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय