LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडेमी बोर्डिङ स्कुलमा नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । न्यू एकेडेमी बोर्डिङ स्कुलको आयोजना र निर्वाण कानुनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको काम कारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ तीन दिवसीय कार्यक्रम आयोजना गरिएको हो ।

निर्वाण कानुनी समाजका कोषाध्यक्ष विष्णु ढकालले कार्यक्रममा संसद भनेको के हो ? नमूना संसदको महत्व, विधेयक, बजेट, शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं काम कारबाहीका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिएको बताउनुभयो ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालक र संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।

नमूना संसद अभ्यासमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य एवं विशेष समयमा सांसदको भूमिका गरेका विद्यार्थीहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथिति लगायतका मुद्दालाई सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षण गराएको कोषाध्यक्ष ढकालले जानकारी दिनुभयो ।

यस्तै सांसदहरुले वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आवश्यक कुरा सच्याउन समेत माग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा १० का करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समय निर्वाण कानुनी समाजले सैनामैनाका विभिन्न विद्यालयमा नमूना संसद् कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय