LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

सन्धिखर्क,

। अर्घाखाँचीमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । हाइब्रिड बिउको प्रयोगका साथै समयमै वर्षा र रासायनिक मलको सही प्रयोगले उत्पादन बढेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।

केन्द्रका अनुसार पाँच हजार ९४८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । जसमा २५ हजा ९९२ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिवलाल घिमिरले जानकारी दिनुभयो । गत वर्ष छ हजार ७६० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा करिब २५ हजार मेट्रिक टन उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा झण्डै एकहजार क्षेत्रफलमा कम रोपाइँ हुँदा पनि यस वर्ष उत्पादन बढेको छ ।

सूचना अधिकार घिमिरेले भन्नुभयो, “विगतको तुलनामा यसवर्ष कम क्षेत्रफलमा रोपाइँ भएको थियो । तर उत्पादन भने वृद्धि भएको छ । उत्वादकत्वका हिसाबले ३।२२ प्रतिशतले वृद्धि हो ।” अर्घाखाँचीमा बर्खेधानको खेती गरिन्छ भने पछिल्लो समय सिँचाइ नहुँदा चैते धानको खेती गरिँदैन ।

जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लामा प्रतिहेक्टर ३।६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपियाँ बराबरको धान उत्पादन हुँदै आएको छ । जिल्लामा धान उत्पादन वृद्धि गर्न कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको घिमिरे बताउनुभयो ।

अर्घाखाँची जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोप्ने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेलीलगायतका धान पनि रोपिन्छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूल प्रविधि र विकासलाई ध्यान दिनुपर्ने केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय