LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ८ मा रहेको दुधराक्ष देबीस्थान खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पहाडबाट तराईमा बसाईसराई गर्नेहरुको संख्या एकदमै बढेकोले थपिएका घर बस्तीसम्म खानेपानीको सुविधा पु¥याउनुपर्ने चुनौति सरकारसमक्ष रहेको बताउनु भयो । उहाँले भूमिगत खानेपानीको सतह घट्दै गएकोले खानेपानी कसरी रिचार्ज गर्ने भन्ने बिषयमा सरकारले सोच्नुपर्ने समस्या आएको बताउनुभयो ।

मन्त्री ढकालले उपभोक्ताहरु समेत चनाखो हुनुपर्ने बताउँदै जनताले स्वच्छ पानी नपाएको अवस्थामा समितिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उपभोक्तालाई सकेसम्म कम मूल्यमा धेरै खानेपानीको सुविधा उपलब्ध गराउनेतर्फ समितिको ध्यानाकर्षण गर्दै मन्त्री ढकालले खानेपानीको अभावमा कोहीपनि बञ्चित हुनु नपरोस भन्नुभयो ।
कार्यक्रममा खानेपानी सव डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले पछिल्लोसमय खानेपानीको लागि भूमिगत सतहको पानी सुक्दै गएकोले चापाकलबाट खानेपानीको सुविधा लिने उपभोक्तालाई समस्या परेको बताउँदै डिप ट्यूववेलको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
दुधराक्ष देबीस्थान खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षतामा भएको साधारण सभामा विभिन्न व्यक्तिहरुले शुभकामना दिदै स्वच्छ खानेपानीको सुविधा पु¥याउन र उपभोक्तालाई सहुलियतमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय