LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

पोखरा ।

रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलले जानकारी दिएका छन् ।

लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए । लामिछानेका समर्थकले हिरासतको तस्बिर बाहिर ल्याएर मानवअधिकार र गोप्यता हरण भएको आरोप लगाएका थिए । दुई महिनायता प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा भव्य सुविधा दिइएको बताइएको छ ।

यसअघि विहिबार गृहमन्त्री रमेश लेखकले पनि लामिछानेको तस्वीर सार्बजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय