LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

पोखरा ।

रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलले जानकारी दिएका छन् ।

लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए । लामिछानेका समर्थकले हिरासतको तस्बिर बाहिर ल्याएर मानवअधिकार र गोप्यता हरण भएको आरोप लगाएका थिए । दुई महिनायता प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा भव्य सुविधा दिइएको बताइएको छ ।

यसअघि विहिबार गृहमन्त्री रमेश लेखकले पनि लामिछानेको तस्वीर सार्बजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय