LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल,
। रुपन्देही जिल्लाको आनन्दवन गाउँपालिकाका तत्कालीन अध्यक्ष रोमणीप्रसाद पाठकको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका पाठकको क्यान्सरका कारण ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

पाठक नेपाली कांग्रेसको तर्फबाट २०४९ सालमा भएको स्थानीय निर्वाचनमा आनन्दवन गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाठक राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले रुपन्देहीका धेरै सङ्घ संस्थामा नेतृत्व प्रदान गर्नुभएको थियो ।

धार्मिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको पहिचान बनाउनुभएका स्वर्गीय पाठक तिलोत्तमा नगरपालिका ६ का वडा अध्यक्ष गणेश पाठकको बुबा हुनुहुन्छ ।

रुपन्देहीका राजनैतिक, धार्मिक तथा शैक्षिक व्यक्तित्वहरुले स्वर्गीय पाठकको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै पाठकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय