LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना १० सालझण्डीमा रहेको युगल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा उदघाटन मन्तब्य राख्दै प्रमुख अतिथी सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले युगल बचत तथा ऋण सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको बताउँदै यसले लिएको नीति प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सहकारीका माध्यमबाट जनताले बचत गर्ने, आवश्यक पर्दा ऋण लिने गरेको बताउँदै सहकारी जनताको जीवन परिवर्तनको माध्यम हो भन्नुभयो ।

कार्यक्रमकी बिशिष्ट अतिथी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहकारी ले गरेको कामको सराहनिय गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, सैनामैना नगरपालिकाका सहकारी प्रमुख रामकुमार भट्टराई, सहकारीका संस्थापक अध्यक्ष गोबिन्द पोखरेल, शेयर सदस्य बालिका पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष शिवलाल घिमिरेले युगल सहकारी सम्पूर्ण सेयर सदस्यहरुका लागि नमूना बन्ने बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा रहेको समितिले अग्रजहरुको सम्मान गर्दै सहकारीलाई नमूना बनाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती कंडेलले गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष इश्वरी घिमिरिले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन सचिव पवन पोख्रेलले गर्नुभएको थियो । आन्तरिक लेखा समितिको प्रतिबेदन लेखा समिती संयोजक गोबिन्द पोखेरले प्रस्तुत गर्नुभएको थियो । सहकारीमा १ हजार १ सय ४७ जना सेयर सदस्य मध्ये ५ सय ८३ जना महिला र ५ सय ६४ पुरुस सेयर सदस्य रहेका छन । सोही कार्यक्रममा अपांगता भएका र जेष्ठ सदस्य तथा उत्कृष्ट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय