LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना स्वास्थ्य व्यवसायी संघको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सैनामैनामा सम्पन्न भएको छ ।

त्यसअघि साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले आगामी दिनमा सैनामैनामा स्वास्थ्य सेवा अझै प्रभावकारी र व्यवस्थित गर्न कसरी सकिन्छ भन्ने बिषयमा साधारण सभा तथा अधिवेशनमा छलफल गर्न सुझाव दिनुभयो ।

उहाँले सैनामैनामा रहेका नीजि स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले आगामी दिनमा लिने नीतिका बिषयमा यो साधारण सभा तथा अधिवेशनले मार्गदर्शन गर्ने विश्वास लिएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल सिएमए संघका केन्द्रिय अध्यक्ष गोपाल उपाध्यायले नेपाल सरकारले शिक्षा, स्वास्थ्यलाई मौलिक अधिकारभित्र राखेको बताउँदै सिमएए पढेर पास भएका साथीहरुले उपचार गरेको पद्धतीलाई गलत भनेर ठह¥याउने गरेकोमा असन्तुष्टी ब्यक्त गर्नुभयो ।

उहाँले राज्यको पहुँच नपुगेको स्थानमा बसेर सेवा दिने सिएमएहरुले सरकारी स्वास्थ्य संस्थाहरुमा गरेको उपचारबाट विरामी ठिक भएको बताउँदै तर उनीहरुमाथि राज्यका विभिन्न तहबाट विभेद हुने गरेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना स्वास्थ्य व्यवसायी संघका प्रथम अध्यक्ष एकबहादुर क्षेत्रीले स्वास्थ्य क्षेत्रमा काम गर्ने सैनामैनाका सवै स्वास्थ्यकर्मी एउटै परिवार हौं भन्दै यो परिवार कहिल्यैपनि बिचलित नहोस भन्ने शुभकामना दिनुभयो ।

उहाँले सैनामैनाको स्वास्थ्य क्षेत्रका समस्या कसैको व्यक्तिगत समस्या भन्दा पनि साझा समस्या रहेको स्पष्ट गर्दै आफ्नो कार्यकाललाई सफल बनाउन सक्दो प्रयास गरेको बताउनुभयो ।

सैनामैना स्वास्थ्य व्यवसायी संघका अध्यक्ष एकबहादुर क्षेत्रको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशन उदघाटनका अवसरमा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा कोषाध्यक्षको प्रतिवेदन भगवती बस्यालले प्रस्तुत गर्नुभएको थियो । यसैगरी शनिबार सम्पन्न प्रथम अधिबेशनले योगेन्द्र पोखरेल अध्यक्ष रहेको ११ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिव कृष्ण थारु, सहसचिवमा अनिता मल्ल र कोषाध्यक्षमा धर्मेन्द्र चौधरी हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा नन्दु गौतम, सुरेन्द्रराज बास्तोला, कमला पुरी, बिशाल थापा, शान्ता पाण्डे र ध्रुव भट्टराई हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय