LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 28;

भैरहवा,  ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्री वाईफाई जोन बनाएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको भैरहवामा गत बैशाखदेखी फ्री वाईफाई जोन बनाईएको हो ।

नगरपालीकाले भैरहवा स्थलमार्ग हुदै धेरै पर्यटक आवागमन हुने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी हाल पाँच स्थानमा फ्री वाईफाई जोन बनाएको हो ।

सिद्धार्थनगर नगरपालीकाका प्रमुख मेयर ईस्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई फ्री वाईफाई जोन बनाएको जानकारी दिए । उनले अहिलेको प्रबिधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको बताए ।

नगरवासी बासी, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाईट बाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरुमा छिटो छरितो तथा सजिलै पहुच हुने उदेश्यका साथ फ्रि वाई फाई जडान गरिएको उनको भनाई छ ।

उनले अहिले भैरहवाका पाँच स्थानमा फ्रि वाईफाई सेवा सुचारु गरिएको बताउदै आवश्यकता भएका स्थानमा आगामी दिनमा समेत बिस्तार गर्दै लैजाने बताए । नगरपालीकाका सूचना प्रबिधि अधिकृत तपन पाण्डेयले ईन्टरनेट सेवा हरेक ब्यक्तिले प्रति दिन एक घण्टा प्रयोग गर्न पाउने बताउदै यसले अनावश्यक रुपमा ईनटरनेटको प्रयोग रोकिने बताए ।

बढी समय इन्टरनेट सेवा प्रबाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरि यस्तो गर्न लागिएको उनले बताए । यसबाट सकारात्मक प्रतिक्रीर्या आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय