LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् ।

कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाइ लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।

नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य, डाक्टर विद्वान भुसाल लगायतको स्वास्थ्कर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए । शिविर कान नसुन्ने, बृद्धबृद्धा र विपन्न नागरिकलाइ लाभ दायक रहेको र प्रत्यक्ष फाइदाजनक भएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो ।

पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले पानसमा दीप प्रजवलन गरी उद्धाटन गर्नु भएको थियो ।
स्वास्थ्य शिविरले कानको रुवण शक्ति गुमाएका बृद्धबृद्धाहरुलाइ ठुलो सहयोग पुग्ने बताउदै नागरिकलाइ निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको बताउनुभयो ।

भौतीक पुर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा दिन सबैलाइ आग्रह गर्दै यस्ता खालका जनताले प्रतयक्ष लाभ पाउने कार्यक्रमहरु सञ्चालन गर्न सबै सरकारहरु लाग्नु पर्ने बताउनु भएको छ ।

शिविरको उद्धाटन समारोह गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्य र राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । निःशुल्क शिविरमा १९२ जनाले सेवा लिएका थिए । शिविरले विपन्नताका आधारमा ७ जना विरामी लाई निःशुल्क रूपमा कान सुन्ने मेसिन प्रधान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय