LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपालगन्ज,

। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

सयौँ रिक्साहरु कार्यालयको मूलगेट तथा सडकमा रिक्सा तेर्साएर चाकहरुले विभिन्न नारा लगाउँदै उपमहानगर कार्यालय घेराउ गरेका हुन् । ब्याट्री रिक्साको नवीकरण सधैंका लागि खोल्नुपर्ने, नामसारी गर्न पाउनुपर्ने र नेपाल–भारत नाकामा पार्किंङको नाममा भइरहेको अवैध असुली तत्काल बन्द गरिनु पर्ने र निःशुल्क पार्किङको व्यवस्था गरिनुपर्ने माग गरेर आन्दोलन गरिएको नेपाल ईरिक्सा सङ्घर्ष समितिका संयोजक रियाज अहमद शेषले बताउनुभयो ।

उहाँले उपमहानगरपलिकाले वार्ता गर्ने भनी वार्ता समितिको नाम माग गरेको जनाउँदै आफ्नै संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेर नाम पठाइएको र वार्ता आज सोमवार हुने बताउनुभयो ।

वार्ता र आन्दोलन दुबै सँगसँगै जारी रहने जनाउँदै सङ्घर्ष समितिका संयोजक शेषले माग पूरा भएपछि मात्र आन्दोलन रोकिने बताउनुभयो । नेपालगन्जमा मात्र करिब ८ हजारभन्दा बढी ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिएको छ ।

यति धेरै सङ्ख्यामा रहेका रिक्सालाई व्यवस्थित गर्ने काम चुनौतीपूर्ण रहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय