LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपालगन्ज,

। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

सयौँ रिक्साहरु कार्यालयको मूलगेट तथा सडकमा रिक्सा तेर्साएर चाकहरुले विभिन्न नारा लगाउँदै उपमहानगर कार्यालय घेराउ गरेका हुन् । ब्याट्री रिक्साको नवीकरण सधैंका लागि खोल्नुपर्ने, नामसारी गर्न पाउनुपर्ने र नेपाल–भारत नाकामा पार्किंङको नाममा भइरहेको अवैध असुली तत्काल बन्द गरिनु पर्ने र निःशुल्क पार्किङको व्यवस्था गरिनुपर्ने माग गरेर आन्दोलन गरिएको नेपाल ईरिक्सा सङ्घर्ष समितिका संयोजक रियाज अहमद शेषले बताउनुभयो ।

उहाँले उपमहानगरपलिकाले वार्ता गर्ने भनी वार्ता समितिको नाम माग गरेको जनाउँदै आफ्नै संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेर नाम पठाइएको र वार्ता आज सोमवार हुने बताउनुभयो ।

वार्ता र आन्दोलन दुबै सँगसँगै जारी रहने जनाउँदै सङ्घर्ष समितिका संयोजक शेषले माग पूरा भएपछि मात्र आन्दोलन रोकिने बताउनुभयो । नेपालगन्जमा मात्र करिब ८ हजारभन्दा बढी ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिएको छ ।

यति धेरै सङ्ख्यामा रहेका रिक्सालाई व्यवस्थित गर्ने काम चुनौतीपूर्ण रहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय