LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा आजदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा शारिरिक बिकासलाई लिक्षत गरी प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

१२ गतेसम्म सियारी ५ पब्लिक माध्यमिक विद्यालयमा प्रतियोगिता जारी रहने अध्यक्ष घिमिरेले जानकारी दिए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ संस्थागत र २ धार्मिक ९मदरसा०सहित ३३ विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ ।

प्रतियोगितामा खेल विधा तर्फ दौड, भलिबल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधातर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय