LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। दुईवटा ट्वीनअटर जहाज मध्ये एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड भएको थियो भने, अर्को जहाज आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, इन्जिनको उडान आवर सकिएपछि अर्को जहाज पनि संचालनमा आउन सकेको छैन। उनले भने, “ट्वीनअटरको इन्जिनको उडान आवर सकिएको जानकारी पहिले नै थियो र नयाँ इन्जिनका लागि टेन्डर आह्वान भई ठेक्का पनि लागेको थियो, तर सम्झौतामा रहेको समयसीमा सकिए पनि डेलिभरी भएको छैन।”

यात्रा गर्ने यात्रुहरूको असुविधा बढ्दै जाने संभावना रहेको छ, खास गरी दुर्गम गन्तव्यमा यात्रा गर्ने व्यक्तिहरूका लागि। नेपाल एअरलायन्सले दुर्गम गन्तव्यमा उडान गर्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय