LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

१० पुस, काठमाडौं । ललितपुरमा च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।

सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो ।

गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए  ।

अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका-११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले उक्त क्याफेमा गएर साथीहरुसँग खुसी साट्दै थिए । करिब ७/८ जनाको समूहमा गएको गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति १० बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय