LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

१० पुस, काठमाडौं । ललितपुरमा च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।

सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो ।

गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए  ।

अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका-११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले उक्त क्याफेमा गएर साथीहरुसँग खुसी साट्दै थिए । करिब ७/८ जनाको समूहमा गएको गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति १० बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय