LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तु,  ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो ।

अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा सम्वोधन गर्ने कोशिस गर्छ ।’

अस्पतालमा उपचार सेवा प्रभावकारी हुदै गएको, दैनिक उपचारमा आउने विरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ । १५ वेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ वेडको सुविधा प्रदान गरिएको छ । बहिरङ्ग सेवाकालागि दैनिक एक सय ५० देखी दुई सय जना बिरामी आउने गरेका छन्

 

। करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा।विनोद बढैले जानकारी दिनुभयो ।‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवा सुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भन्नुभयो,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पु¥याउनेगरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसंग मुख्यमन्त्री आचार्यले छलफल समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय