LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु,  ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो ।

अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा सम्वोधन गर्ने कोशिस गर्छ ।’

अस्पतालमा उपचार सेवा प्रभावकारी हुदै गएको, दैनिक उपचारमा आउने विरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ । १५ वेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ वेडको सुविधा प्रदान गरिएको छ । बहिरङ्ग सेवाकालागि दैनिक एक सय ५० देखी दुई सय जना बिरामी आउने गरेका छन्

 

। करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा।विनोद बढैले जानकारी दिनुभयो ।‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवा सुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भन्नुभयो,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पु¥याउनेगरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसंग मुख्यमन्त्री आचार्यले छलफल समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय