LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ३ मा रहेको सुनगाभा पब्लिक स्कुल मुर्गियाको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ ।

बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेशकी उपसभामुख मेनका केसी खाँणले पछिल्लोसमय नीजि विद्यालयहरुले शिक्षाको विकासका महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै नीजि विद्यालयलाई पनि सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुनगाभा पब्लिक स्कुलले अब्बल शैक्षिक जनशक्ति उत्पादन गरिरहेको बताउँदै आगामी दिनमा पनि दक्ष जनशक्ति उत्पादन गरेर शैक्षिक विकासमा योगदान दिन आग्रह गर्नुभयो ।

विद्यालयका प्राचार्य तिलब केसीले २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार र विद्यार्थीको सर्बोपरी विकासबारे चर्चा गर्दै विद्यालयप्रति अभिभावकहरूको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भविष्यमा थप गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा बार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगतका प्रतियोगितामा सफल भएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरु, पूर्व विद्यार्थीहरू, पूर्व शिक्षक तथा कर्मचारीहरू, अभिभावक, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमको संचालन स्कुलका सहायक प्रिन्सिपल कमल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय