LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका अपाङ्गता भएका अधिकारकर्मीहरुले प्रदेशका सांसद र मन्त्रीहरुलाई एउटै मञ्चमा राखेर नमूना संसदीय अभ्यास गरेका छन ।
त्यसक्रममा उनीहरुले प्रदेश सरकारलाई अपाङ्गमैत्री संरचना निर्माण गर्न दवाव समेत दिएका छन ।
प्रदेशका सांसद र मन्त्रीहरुलाई संगै राखेर उनीहरुले अपाङ्गता भएकाहरुले अहिलेसम्म अधिकारको नाममा आश्वासनमात्रै पाएको गुनासो गरे ।
नमूना संसदीय अभ्यास अवलोकनपछि बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेशमा अपाङ्गमैत्री संरचना निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले अपाङ्गता भएकाहरुले पाउने बृत्तिविकासका कुराहरु, अवसर र लुम्बिनी प्रदेशमा बनाईने सवै संरचना अपाङ्गमैत्री वनाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । मन्त्री ढकालले अपाङ्गता भएकाहरुले खेलकुद क्षेत्रमा समेत ठूलो सफलता हात पारेकोले यी सवै बिषयहरुमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल दृष्टिविहीन उत्थान संघको आयोजनामा रुपन्देहीको सैनामैना नगरपालिकामा भएको नमूना संसदीय अभ्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जमुना ढकालले अपाङ्गता भएकाहरुको पीरमर्काका बिषयमा प्रदेश सभामा कुराहरु राख्ने प्रतिवद्धता जनाउनु भयो ।

अपाङ्गता भएकाहरुलाई घरबाटै विभेद गर्ने गरिएको उल्लेख गर्दै सभासद ढकालले अवको दिनमा उनीहरुमाथि कुनैपनि प्रकारको विभेद नहोस भन्नका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले खबरदारी गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अपाङ्गता भएकाहरुमाथि यातायात क्षेत्रदेखि समाजका तमाम क्षेत्रमा विभेद र दुव्र्यवहार भएकोले त्यसमा सुधारका लागि आफूहरुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागी अपाङ्गता क्षेत्रका अधिकारकर्मीहरुले विभिन्न संसदीय समितिको सभापतिको भूमिका प्रस्तुत गर्दै अपाङ्ग भएकाहरुमाथि राज्यलेमात्रै होइन समाज र आफ्नै घर परिवारले समेत घृणा गर्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै एबिलिज फाउन्डेशनका राष्ट्रिय संयोजक डा. बिरेन्द्रराज पोखरेलले अहिलेपनि अपाङ्गहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको चर्चा गर्दै समाजमा समेत दुव्र्यवहारका घटना बढेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले अपाङ्गता भएका बालबालिका जो पूर्णरुपमा अशक्त छन, उनीहरुलाई अहिले अभिभावकीय सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले राज्यले अपाङ्ता भएकाहरुको लागि उत्साह भर्ने काम नगरेकोमा गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रदेशका संसदीय समितिका सभापतिहरुको भूमिका प्रस्तुत गर्दै अपाङ्गता भएका अधिकारकर्मीहरुले यातायात क्षेत्रमा अपाङ्गहरुमाथि धेरै ठूलो अपमान हुने गरेको गुनासो गरेका थिए । सार्वजनिक सवारीका साधनमा अपाङ्ग सिटको व्यवस्था गरिएपनि अपाङ्ग देख्ने वित्तिकै बसमै नचढाउने गरेकोप्रति उनीहरुको ठूलो गुनासो थियो । त्यसैगरी गाउँ घर समाजबाटै अपांगहरुमाथि विभेद हुने गरेको, ३५ बर्ष पूरा भएपनि पनि पैत्रृक सम्पत्तिको हक प्रदान नगरिएको गुनासो गरेका छन ।

दुई दिन संचालन भएको नमूना संसदीय अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका अपाङ्गता अधिकारकर्मीहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको सहजीकरण राष्टिङय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय