LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी प्रदेशका अपाङ्गता भएका अधिकारकर्मीहरुले प्रदेशका सांसद र मन्त्रीहरुलाई एउटै मञ्चमा राखेर नमूना संसदीय अभ्यास गरेका छन ।
त्यसक्रममा उनीहरुले प्रदेश सरकारलाई अपाङ्गमैत्री संरचना निर्माण गर्न दवाव समेत दिएका छन ।
प्रदेशका सांसद र मन्त्रीहरुलाई संगै राखेर उनीहरुले अपाङ्गता भएकाहरुले अहिलेसम्म अधिकारको नाममा आश्वासनमात्रै पाएको गुनासो गरे ।
नमूना संसदीय अभ्यास अवलोकनपछि बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेशमा अपाङ्गमैत्री संरचना निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले अपाङ्गता भएकाहरुले पाउने बृत्तिविकासका कुराहरु, अवसर र लुम्बिनी प्रदेशमा बनाईने सवै संरचना अपाङ्गमैत्री वनाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । मन्त्री ढकालले अपाङ्गता भएकाहरुले खेलकुद क्षेत्रमा समेत ठूलो सफलता हात पारेकोले यी सवै बिषयहरुमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल दृष्टिविहीन उत्थान संघको आयोजनामा रुपन्देहीको सैनामैना नगरपालिकामा भएको नमूना संसदीय अभ्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जमुना ढकालले अपाङ्गता भएकाहरुको पीरमर्काका बिषयमा प्रदेश सभामा कुराहरु राख्ने प्रतिवद्धता जनाउनु भयो ।

अपाङ्गता भएकाहरुलाई घरबाटै विभेद गर्ने गरिएको उल्लेख गर्दै सभासद ढकालले अवको दिनमा उनीहरुमाथि कुनैपनि प्रकारको विभेद नहोस भन्नका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले खबरदारी गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अपाङ्गता भएकाहरुमाथि यातायात क्षेत्रदेखि समाजका तमाम क्षेत्रमा विभेद र दुव्र्यवहार भएकोले त्यसमा सुधारका लागि आफूहरुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागी अपाङ्गता क्षेत्रका अधिकारकर्मीहरुले विभिन्न संसदीय समितिको सभापतिको भूमिका प्रस्तुत गर्दै अपाङ्ग भएकाहरुमाथि राज्यलेमात्रै होइन समाज र आफ्नै घर परिवारले समेत घृणा गर्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै एबिलिज फाउन्डेशनका राष्ट्रिय संयोजक डा. बिरेन्द्रराज पोखरेलले अहिलेपनि अपाङ्गहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको चर्चा गर्दै समाजमा समेत दुव्र्यवहारका घटना बढेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले अपाङ्गता भएका बालबालिका जो पूर्णरुपमा अशक्त छन, उनीहरुलाई अहिले अभिभावकीय सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले राज्यले अपाङ्ता भएकाहरुको लागि उत्साह भर्ने काम नगरेकोमा गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रदेशका संसदीय समितिका सभापतिहरुको भूमिका प्रस्तुत गर्दै अपाङ्गता भएका अधिकारकर्मीहरुले यातायात क्षेत्रमा अपाङ्गहरुमाथि धेरै ठूलो अपमान हुने गरेको गुनासो गरेका थिए । सार्वजनिक सवारीका साधनमा अपाङ्ग सिटको व्यवस्था गरिएपनि अपाङ्ग देख्ने वित्तिकै बसमै नचढाउने गरेकोप्रति उनीहरुको ठूलो गुनासो थियो । त्यसैगरी गाउँ घर समाजबाटै अपांगहरुमाथि विभेद हुने गरेको, ३५ बर्ष पूरा भएपनि पनि पैत्रृक सम्पत्तिको हक प्रदान नगरिएको गुनासो गरेका छन ।

दुई दिन संचालन भएको नमूना संसदीय अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका अपाङ्गता अधिकारकर्मीहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको सहजीकरण राष्टिङय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय