LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव शुरू भएको छ ।

इस्वी संवतको नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर विहिवारदेखि पाँच दिनसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।

हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।
महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग गोष्ठी, चितवनको पर्यटनको सम्भावनबारे अन्तरक्रिया, स्थानीय भेषभूषातथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी पनि राखिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार हात्ती महोत्सवमा निजी तथा सरकारी गरी झण्डै ५० वटा हात्ती सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय