LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सेनामैना नगरपालिका वडा नं. २ मा अबस्थित कालिका आधारभुत बिद्यालयको गुणस्तरीय शिक्षा तथा अक्षयकोष स्थापनार्थ श्रीमदभागवत महापुराण धन–धान्याञ्चल ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती हुने भएको छ ।

यही पौष १७ गते देखि २४ गते सम्म हुने महायज्ञमा कथापाचक पं चन्द्रकान्त्त काफ्लेले संगितमय कथा प्रवचन गर्नुहुने महायज्ञ आयोजक समितिका संयोजक नरेन्द्र पोखरेलले बताउनु भयो ।

महायज्ञको १७ गते बिहान १०.३० बजे कलश यात्रा, १ बजे उद्घाटन भए संगै सोही दिन देखि २४ गते सम्म कथा प्रवचन हुने छ ।
महायज्ञमा दैनिक ८ बजे देखि श्रीमद्भागवत पाठ परायण, ११ बजे देखि ४ बजे सम्म संगितमय कथा प्रवचन तथा राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रर्दशन हुनेछ ।

त्यस्तै ६ बजे श्रृङ्गारकि महाआरती र साझ ७ बजे देखि ९.३० बजे सम्म महात्म्य कथा, भजन कृतन र झाकी प्रर्दशन हुने संयोजक पोखरेलले बतानुभयो ।

महायज्ञमा भक्तजनको ईच्छा अनुसार दैनिक ग्रहशान्ति, ब्रतबन्ध, लुघुरुद्री, तुलादान, लक्ष्यबर्ती तथा सम्पुूर्ण कर्मकाण्डीयकर्महरु गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय