LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सेनामैना नगरपालिका वडा नं. २ मा अबस्थित कालिका आधारभुत बिद्यालयको गुणस्तरीय शिक्षा तथा अक्षयकोष स्थापनार्थ श्रीमदभागवत महापुराण धन–धान्याञ्चल ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती हुने भएको छ ।

यही पौष १७ गते देखि २४ गते सम्म हुने महायज्ञमा कथापाचक पं चन्द्रकान्त्त काफ्लेले संगितमय कथा प्रवचन गर्नुहुने महायज्ञ आयोजक समितिका संयोजक नरेन्द्र पोखरेलले बताउनु भयो ।

महायज्ञको १७ गते बिहान १०.३० बजे कलश यात्रा, १ बजे उद्घाटन भए संगै सोही दिन देखि २४ गते सम्म कथा प्रवचन हुने छ ।
महायज्ञमा दैनिक ८ बजे देखि श्रीमद्भागवत पाठ परायण, ११ बजे देखि ४ बजे सम्म संगितमय कथा प्रवचन तथा राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रर्दशन हुनेछ ।

त्यस्तै ६ बजे श्रृङ्गारकि महाआरती र साझ ७ बजे देखि ९.३० बजे सम्म महात्म्य कथा, भजन कृतन र झाकी प्रर्दशन हुने संयोजक पोखरेलले बतानुभयो ।

महायज्ञमा भक्तजनको ईच्छा अनुसार दैनिक ग्रहशान्ति, ब्रतबन्ध, लुघुरुद्री, तुलादान, लक्ष्यबर्ती तथा सम्पुूर्ण कर्मकाण्डीयकर्महरु गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय