LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिका १ दानापुरमा अल्फा फाउण्डेशनको कार्यालय भवन उदघाटनका साथै तथा लागूऔषध न्यूनिकरण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बुधबार एक समारोहका बीच अल्फा फाउण्डेशनको कार्यालय उदघाटन गर्दै कञ्चन गाउँपालिकाभित्र बसेका नागरिक गलत बाटोमा गएको अवस्थामा सुधार गर्ने दायित्व पालिकाको पनि रहेको बताउनुभयो ।

उहाँले समाजका विभिन्न तह र तप्कामा आफूहरुले सहयोग गर्ने चाहना हुँदाहुँदै पनि कानुनी जटिलता र आर्थिक नियमका कारण समस्या आउने गरेको बताउँदै सकेसम्म अल्फा फाउण्डेसनसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कञ्चन गाउँपालिका १ का वडा अध्यक्ष हरिनारायण चौधरीले साना मसिना कुरामा सरकारको ध्यान नपुगेको अवस्थामा अल्फा फाउण्डेशनले समाज परिवर्तनमा निकै ठूलो काम गरेको बताउँदै अर्कैतिर जान लागेको समाजलाई सही दिशामा ल्याउन अल्फा फाउण्डेसनले भूमिका खेलेको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षता तथा सचिव कमल कार्कीको संचालनमा भएको कार्यक्रममा संचारकर्मी जगीलाल थापा लगायतले बोल्दै अल्फा फाउण्डेशनले दुव्र्यसनमा फसेका युवालाई सही बाटोमा ल्याउन गरेको मेहनत समाजका लागि उदाहरणीय रहेको बताउनभयो ।

२०७८ सालमा स्थापना भएको फाउण्डेशनले दुव्र्यसनमा फसेका युवाहरुलाई मनोपरामर्श दिनुका साथै पुनस्र्थापनाको काम गर्दै आएको छ ।
फाउण्डेशनले तीन बर्षको बीचमा ५ सय जना कुलतमा परेका युवाहरुको उपचार गरेर नयाँ जीवन दिने काम गरिएको जनाएको छ । पछिल्लोपटक फाउण्डेशनले संस्थालाई आत्मनिर्भर बनाउन दुव्र्यसनमा परेका युवाहरुलाई रोजगारीसंग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बंगुर फार्म, ब्रोइलर पालन तथा कृषिमा जोडने काम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय