LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

थारू समुदायको महत्वपूर्ण पर्वको रूपमा रहेको माघी अर्थात् खिचडी पर्व रुपन्देहीका विभिन्न स्थानमा यो वर्ष तीन दिनसम्म मनाइने भएको छ । माघीको अवसरमा रुपन्देहीका केही पालिकामा आयोजना गरिने माघी महोत्सवको तयारी सुरु भैसकेको छ ।

थारु कल्याणकारी सभा सैनामैना रुपन्देहीले समेत यो वर्ष तीन दिने कार्यक्रम गरि माघी अर्थात् खिचडी महोत्सव गर्ने भएको छ । सभाका सैनामैना सभापति दुलबहादुर चौधरीले माघी महोत्सवलाई विशेष बनाउन थारू कल्याणकारी सभा सैनामैना रुपन्देहीले पुस २५ देखि २७ गतेसम्म सैनामैनाको कलौनीमा तीन दिने माघी महोत्सव आयोजना गरेको बताउनुभयो ।

महोत्सवलाई आकर्षक बनाउन थारू समुदायको लोकप्रिय झुमडा, झर्रा, सोरठी, बडका तथा लाठी नाच प्रदर्शन गरिने भएको छ भने थारू समुदायको मौलिक एवं परम्परागत खानाका रूपमा रहेको घोगी, अनदीको भुजा, कछुवाको मासु, पतुसनी, ढिकरी, माछाका परिकार र रोटी लगायतका परिकार माघी महोत्सवमा राखिने भएको छ ।

सभापति चौधरीले महोत्सवको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । त्यसैगरी दोश्रो दिन निबन्ध प्रतियोगिताका साथै विभिन्न खेलकुद प्रतियोगिता गरिने भएको छ ।

महोत्सवको अन्तिम दिन मूल समारोहका साथै थारू समुदायको लोकप्रिय नाच प्रदर्शन गरिने भएको छ । थारु समुदायले यो वर्ष रुपन्देहीको सैनामैनाका साथै कञ्चन गाउँपालिका, गैडहवा, सूर्यपुरा, सियारी, शुद्धोधन लगायतका क्षेत्रमा माघी महोत्सवको आयोजना गर्दैछन् ।
माघी महोत्सवको पूर्व सन्ध्यामा थारू कल्याणकारी सभा सैनामैनाले थारू समाजको वर्तमान अवस्था र अधिकार प्राप्तिका विकल्पहरू विषयक अन्तरक्रिया समेत गरेको छ ।

सैनामैनामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै थारू कल्याणकारी सभाका केन्द्रिय पार्षद रामबली चौधरीले थारू समुदायको भाषा संस्कृति, रहनसहन, खानपान, गीत सङ्गीत लोप हुने अवस्थामा पुगेकोले यसको संरक्षणका लागि सबै थारू समुदायले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय