LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको अवधिमा पुल निर्माण सम्पन्न भई मङ्गलबार उद्घाटन गरिएको हो  ।

पुलको गुल्मी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै पुल निर्माणले दुई प्रदेश र जिल्लाको सम्बन्धलाई थप टेवा पुगेको बताउनुभयो ।

पुल बन्नुभन्दा पनि यस पुलको प्रयोगले स्थानीयको आय आर्जनमा वृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०७३ भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।

ठेक्का सम्झौता भएको तत्कालीन कार्यालय नै खारेज भएपछि तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय