LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको अवधिमा पुल निर्माण सम्पन्न भई मङ्गलबार उद्घाटन गरिएको हो  ।

पुलको गुल्मी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै पुल निर्माणले दुई प्रदेश र जिल्लाको सम्बन्धलाई थप टेवा पुगेको बताउनुभयो ।

पुल बन्नुभन्दा पनि यस पुलको प्रयोगले स्थानीयको आय आर्जनमा वृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०७३ भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।

ठेक्का सम्झौता भएको तत्कालीन कार्यालय नै खारेज भएपछि तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय