LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ शुरू भएको हो ।
येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन् ।

विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी लगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् । हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

यसैगरी इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन राष्ट्रिय पोशाक तथा टोपी दिवस पनि मनाइँएको छ । नेपाली टोपी र पोशाकको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय