LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ शुरू भएको हो ।
येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन् ।

विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी लगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् । हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

यसैगरी इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन राष्ट्रिय पोशाक तथा टोपी दिवस पनि मनाइँएको छ । नेपाली टोपी र पोशाकको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय