LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका २ मा रहेको कालिका आधारभुत विद्यालयको गुणस्तरीय शिक्षा तथा अक्षयकोष स्थापनाका लागि श्रीमदभागवत महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती बुधबारदेखि सुरु भएको छ ।

पुस १७ देखि २४ गतेसम्म हुने महायज्ञको शुभारम्भ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच गर्नुभयो ।

त्यस अवसरमा बोल्दै उहाँले महायज्ञको अत्यन्त ठूलो अर्थ र महत्व छ भन्दै भोलीको दिनमा कालिका आधारभूत विद्यालयमा संस्कार, संस्कृति, परम्परा र रीतिरिवाज सिक्ने विद्यार्थीको अध्ययन हुन्छ भन्ने कुराको बोध हुने र अरु विद्यार्थीपनि आएर पढ्छन भन्ने आफूले विश्वास लिएको बताउनुभयो । उहाँले विद्यालयका नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगको प्रतिवद्धता जनाउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले यो विद्यालयमा बिषयगत विज्ञ शिक्षकको व्यवस्था हुँदापनि विद्यार्थी भर्ना नहुने र पढ्न नआउनुको कारण अव खोजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थी नआउनुको कारण पत्ता लगाउन राजनैतिक दलहरुले छानविन समिति नै गठन गरेर यसको कारण खोजी गर्न आग्रह गर्नुभयो ।

महायज्ञ मूल समितिका महासचिव डिल्लीराज घिमिरेको संचालनमा महायज्ञ शुभारम्भ कार्यक्रम भएको हो । त्यस अवसरमा बुधबार नै कलशयात्रा समेत गरिएको थियो । महायज्ञको कथाबाचन पण्डित चन्द्रकान्त काफ्लेले गर्नुहुने भएको छ । महायज्ञ शुभारम्भका अवसरमा स्थानीय अभिभावक, विद्यार्थी लगायत विभिन्न राजनैतिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय