LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा रहेको सुनखानी कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

त्यसअघि बुधबार दिउँसो साधारण सभाको उदघाटन गर्दै मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाले सुनखानी सहकारीले स्थापनाको छोटो अवधीमै राम्रो काम गरेको बताउँदै आगामी दिनमापनि सहकारीले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सुझाव दिनुभयो ।

सहकारीका अध्यक्ष अशोक खडकाको अध्यक्षता तथा सल्लाहकार कोषराज बस्नेतको स्वागतमा भएको कार्यक्रममा सैनामैना नगरपालिका सहकारी विभागका प्रमुख रामकुमार शर्मा, सहकारीका सल्लाहकार मित्रबहादुर एसी लगायतले बोल्दै कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई उद्यममा जोडन आग्रह गर्नुभएको थियो ।

सहकारीको बुधबार नै भएको अधिवेशनले पुनः अशोक खडकाको अध्यक्षतामा निर्विरोध ७ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मञ्जु घिमिरे, सचिवमा गंगाराम पौडेल, कोषाध्यक्षमा रुपा पाण्डे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा ललिता भट्टराई, लवविक्रम कार्की र अनिता पन्त रहनुभएको छ । त्यसैगरी लेखासमितिमा संयोजक अमरराज खरेल तथा सदस्यहरुमा गंगा लम्साल र बर्षा पन्थी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय