LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको वताउनुभएको छ ।
उहाँले विचौलियाको हातमा अनुदान जानबाट रोक्न आफूहरुले कडा कदम चाल्ने दावी गर्नुभयो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघका अध्यक्ष तिमिल्सिनाले सरकारी अनुदान लिएर दुरुपयोग गर्नेहरुको खोजी गर्नुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले विहिबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको तथ्याँक खोजेर आम समुदाय सार्वजनिक गर्ने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष तिमिल्सीनाले भन्नुभयो– किसानको हक अधिकारविरुद्ध कुनैपनि सरकारसँग पनि साँठगाठ गर्दिन, मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’

उहाँले किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार रहेको दावी समेत गर्नुभयो ।
सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारलाई व्यवस्थित वनाएको समेत जिकिर गर्नुभयो ।

उहाँले लम्की स्किनबाट पीडित किसानलाई राहत दिन क्षतिपूर्ति र विमाको लागि लडेको, किसानले पाउने दुध र उखँुको मूल्यको लागि कडा संघर्ष गरेको समेत उल्लेख गर्नुभयो ।

किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गर्नुभयो ।
विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन अनुरोध गर्दै उहाँले बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय