LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको वताउनुभएको छ ।
उहाँले विचौलियाको हातमा अनुदान जानबाट रोक्न आफूहरुले कडा कदम चाल्ने दावी गर्नुभयो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघका अध्यक्ष तिमिल्सिनाले सरकारी अनुदान लिएर दुरुपयोग गर्नेहरुको खोजी गर्नुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले विहिबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको तथ्याँक खोजेर आम समुदाय सार्वजनिक गर्ने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष तिमिल्सीनाले भन्नुभयो– किसानको हक अधिकारविरुद्ध कुनैपनि सरकारसँग पनि साँठगाठ गर्दिन, मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’

उहाँले किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार रहेको दावी समेत गर्नुभयो ।
सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारलाई व्यवस्थित वनाएको समेत जिकिर गर्नुभयो ।

उहाँले लम्की स्किनबाट पीडित किसानलाई राहत दिन क्षतिपूर्ति र विमाको लागि लडेको, किसानले पाउने दुध र उखँुको मूल्यको लागि कडा संघर्ष गरेको समेत उल्लेख गर्नुभयो ।

किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गर्नुभयो ।
विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन अनुरोध गर्दै उहाँले बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय