LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उदघाटन गर्नुभएको छ ।
राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरूका लागि नवनिर्मित भवनको बिहीबार उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पु¥याएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो– ‘‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’’
सरकार सबैको हो भन्ने महसुस गराउने गरी काम भइरहेको, मानव कल्याणका लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्नुहुँदै उहाँले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ति भएको खण्डमा भवन निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाउनुभयो । घर परिवारमा मनाउने उत्सवहरू समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आचार्यले आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय