LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उदघाटन गर्नुभएको छ ।
राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरूका लागि नवनिर्मित भवनको बिहीबार उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पु¥याएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो– ‘‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’’
सरकार सबैको हो भन्ने महसुस गराउने गरी काम भइरहेको, मानव कल्याणका लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्नुहुँदै उहाँले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ति भएको खण्डमा भवन निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाउनुभयो । घर परिवारमा मनाउने उत्सवहरू समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आचार्यले आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय