LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तु  ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

यशोधरा गाउँपालिका कपिलवस्तुको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठ वटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार मिश्राले बताउनुभयो ।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतीविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । शिविरबाट मोतीविन्दुको पहिचान भएका २६७ जनाको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरमा ५०८ जनालाई औषधी तथा २४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

शिविरमा सेवा लिएका सेवाग्राहीले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एक वृद्ध सेवाग्राहीले भने, “हामी जस्ता वृद्धका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो तर अब गाउँमै उपचार पाउँदा खुसी लागेको छ ।”

सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले शिविरले स्थानीयवासीलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविरले विशेष गरी दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको छ ।” आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय