LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ । दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको लुम्बिनी प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभएको हो ।

प्रदेशमा झन्डै १५ प्रतिशत थारू समुदायको जनसङ्ख्या रहेको भन्दै मुख्यमन्त्री आचार्यले राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाले निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयो । त्यसका लागि थारू समुदायले अध्ययनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

प्रदेश निजामती सेवा ऐनले थारू समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश निजामती सेवा ऐनले प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौँ ।”

थारू समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको भन्दै उहाँले युवापुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारूलगायत चलनचल्तीका भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले प्रदेशमा बोलिने थारू, मगर, अवधीलगायतका चलनचल्तीका भाषालाई सरकारी कामकाजी भाषा बनाउने गरी प्रदेश सरकार लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले अब छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाका रूपमा सम्बोधन गर्छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय