नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको दावी गर्नुभएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिवार काठमाण्डौंमा उदघाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।



माओबादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो– ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’
उहाँले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर समेत गर्नुभयो । प्रचण्डले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भएपनि अहिले त्यस्तो नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘मैले रातारात अरबपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने अनि अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने नियती देखेको छु । त्यो अवस्था अव दोहोरिनु हुँदैन भन्नुभयो ।




