LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको दावी गर्नुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिवार काठमाण्डौंमा उदघाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

माओबादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो– ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’

उहाँले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर समेत गर्नुभयो । प्रचण्डले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भएपनि अहिले त्यस्तो नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘मैले रातारात अरबपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने अनि अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूका बीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने नियती देखेको छु । त्यो अवस्था अव दोहोरिनु हुँदैन भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय