LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको कञ्चन गाउँपालिकास्थित रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौं वार्षिक साधारण सभा स्वस्थ खानेपानी सम्बन्धी मौलिक लोकगीत तथा नृत्य प्रतियोगिता सहित सम्पन्न भएको छ ।

सभामा संस्थाको तर्फबाट अध्यक्ष नामबहादुर के.सी.ले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष निर्मला शर्माले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक आमप्रसाद गुरुङ्गले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

साधारण सभाको अवसरमा संस्थाले स्वच्छ पानी पिऔं, निरोगी जीवन जिऔं भन्ने शिर्षकमा मौलिक लोकगीत तथा नृत्य प्रतियोगिता संचालन गरेको थियो । प्रतियोगितामा १० समूहले सहभागिता जनाएका थिए । बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम, नारायणम भजन मण्डली द्वितीय र तृतीय सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कुल र सान्त्वना जनजागरण मण्डली भएका छन ।

साधारण सभाको उदघाटन गर्दै रुपन्देही क्षेत्र नं. ५ का सभासद बासुदेव घिमिरेले राज्य पुनः संरचना पश्चात निर्माण भएका स्थानीय तह नै जनताको नजिकको सरकार भनिएपनि अधिकार जति संघमा निहित भएका कारण स्थानीय तहहरुले खुलेर काम गर्न नपाएको बताउनुभयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, खानेपानी डिभिजन कार्यालय बुटवलका खानेपानी महाशाखाका सचिव बासुदेव पौडेल, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, हरैया बहुमुखी क्याम्पसका टीकाराज गिरी, उपभोक्ताहरुको तर्फबाट कोपिला श्रेष्ठ लगायतले बोल्नु भएको थियो।

३ हजार भन्दा बढी उपभोक्ता भएको संस्थाको साधारण सभामा संस्थाका सचिव रेशम बहादुर थापाको संचालन तथा उपाध्यक्ष मदन पौडेलको स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय