रुपन्देहीको सैनामैना १ बनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको आयोजनामा सैनामैना प्राकृतिक चिकित्सालय संचालन सम्बन्धि कार्यबिधि २०८१ निर्माणका लागि छलफल कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा चिकित्सालयले गरेका काम, समस्या, चुनौती र समाधानका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी रुपन्देहीका १६ वटै पालिकाका प्रतिनिधिहरुले प्राकृतिक चिकित्सालयलाई नयाँ कार्यविधि निर्माण गरि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्रदेशस्तरीय कार्यक्रम गरेर प्राकृतिक चिकित्सालयलाई उत्कृष्ट बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।



कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले आफ्नो पालिकामा यस किसिमको अस्पतालको सानो प्रयास गरिएको बताउँदै सैनामैनामा भएको बृहद प्राकृतिक अस्पताललाई पालिकाबाट सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले अध्यक्षले प्राकृतिक चिकित्सालयको विकास गर्ने जुन भिजन ल्याउनु भएको छ, त्यो भित्र पस्दा नै आहा भन्ने अवस्था यो चिकित्सालयलाई बनाउन सकियो भने सवैको लागि एउटा गहना बन्ने बताउनुभयो ।
कार्यक्रममा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्रबहादुर कार्कीले प्राकृतिक चिकित्सालयलाई यस क्षेत्रकै उत्कृष्ट चिकित्सालयको रुपमा बिकास गर्ने बताउनु भयो । उहाँले यो प्राकृतिक चिकित्सालय स्वास्थ्य क्षेत्रमा देशकै लागि एउटा कोसेढुंगा सावित हुने बताउनुभयो ।
पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष श्यामबहादुर थापाले गर्नुभएको थियो भने सचिव रामबहादुर कुँवरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।




