LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

गुल्मीमा जिपलाइन निर्माणको होडबाजी चल्न थालेको छ । अन्य विकास निर्माणका कार्यमा भन्दा पनि यहाँका स्थानीय तहहरुको होडबाजी जिपलाइन निर्माणमा देखिन थालेको छ ।

केही दिन पहिले छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जिपलाइन सञ्चालनले बाह्य तथा आन्तरिक पर्यटक छत्रकोटमा ल्याउनका लागि ठूलो टेवा पुग्ने जनाएको छ । छत्रकोट गाउँपालिकाको वडा नम्वर तीन देवालय मन्दिर परिसरबाट देवी भगवती मन्दिरसम्म एक हजार असी मिटरको लम्बाइमा जिपलाइन सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी प्रदेश र गाउँपालिकाको ८६ लाख ७३ हजार १४४ रुपियाँको संयुक्त लगानीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालि काठमाडौंले निर्माणको कार्य सम्पन्न गरी जिपलाइन सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो । जिप लाइनले आन्तरिक पर्यटकमा वृद्धि हुने र यस क्षेत्रको थप प्रचारमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । जिपलाइनबाट हिमाल, पहाड र तराई देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरु आउनेमा आफू ढुक्क रहेको उहाँको दाबी छ ।

यस्तै, जिल्लाको रेसुङ्गा नगरपालिकाले पनि जिपलाइन निर्माणको कार्यलाई अगाडि बढाएको सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार रेसुङ्गा नगरपालिकाले पनि गर्जुराको पानी ट्याङ्कीबाट सुरु भई पार्कभित्र ल्यान्डिङ हुने गरी चार सय मिटरको दूरीमा जिपलाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रमको ७५ प्रतिशत र नगरको २५ प्रतिशत गरी करिब डेढ करोडको लगानीमा जिपलाइन बन्ने सूचना प्रविधि अधिकृत खनालले जानकारी दिनुभयो ।

यस्तै रुरुक्षेत्र गाउँपालिकाले पनि गुल्मी र स्याङजा जोड्ने गरी जिपलाइन निर्माणका लागि डिपीआरको काम भइरहेको बताएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र पनि भएकाले रुरुक्षेत्रको समग्र विकासका लागि जिपलाइनले थप टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय