रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ र ८ कार्यक्षेत्र रहेको इंगुरिया सामुदायिक वन उपभोक्ता समितिको ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन मंगलवार सम्पन्न भएको छ ।
साधारण सभा अधिवेशनको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जन्मदेखि मृत्युसम्मको यात्राको दौरानमा मानव जीवन बन पैदावारसंग नजोडिकन हामी बाँच्न सकिदैन भन्दै वन पैदावार उपयोग गर्नका लागि पनि हामीले बार्षिक कति उपयोग गर्ने भन्ने बिषयमा कार्ययोजना तथा स्पष्ट नीति बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले साधारण सभा तथा अधिवेशनले वन उपयोग सम्बन्धि स्पष्ट नीति बनाउने विश्बास व्यक्त गर्नुभयो ।



कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रबिण बिडारीले इंगुरिया सामुदायिक बनको साधारण सभा तथा अधिवेशनको सफलताको कामना गर्दै अधिवेशनबाट कस्तो कार्यसमिति चयन गर्ने भन्ने कुरा बढी महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले संघीय र प्रदेश वन ऐनले कार्यसमितिको महत्वपूर्ण पदमा ५० प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व हुनुपर्ने र पदाधिकारीमा महिला अनिवार्य हुनुपर्ने स्पष्ट ब्याख्या गरेकोले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा सोही अनुसार गर्न आग्रह गर्नुभयो ।
इंगुरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, नेकपा एमाले सैनामैनाका अध्यक्ष नारायण न्यौपाने, माओबादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महत, सब डिभिजन वन कार्यालयका प्रमुख राजन खडका, सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेल, सैनामैना ८ का वार्ड अध्यक्ष बुद्धिराम चौधरी र जनकल्याण माविका प्रधानाध्यापक अर्जुनप्रसाद पोखरेल र सल्लाहकार सदस्य खेमलाल ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन वनका सचिव युवराज बिकले गर्नुभएको थियो ।




